Logo
Logo

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै


819
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सोनपामा बस्ने भएको हो ।

यही समितिले यसअघि पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको थियो । बैठकअघि सभापति गगन थापाले आइतबार खड्कासँग भेट गरेका थिए ।

समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी विधानबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइरहेकै बेला थापाले भेट गरेका हुन् ।

केन्द्रीय सदस्य तारामान गुरुङ नेतृत्वको समितिले वैशाख २ गते नभएको पद उल्लेख गरी पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गरेको भन्दै खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तोकिएको समयमा स्पष्टीकरण नबुझाए विधान अनुरूप कारबाही प्रक्रिया अगाडि बढाउने अनुशासन समितिले तयारी गरेको छ ।

खड्काले यसअघि चैत १४ गते कार्यवाहक सभापतिको हैसियतमा पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका थिए ।

चैत १७ गते कार्यवाहक सभापतिकै हैसियतमा उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्