Logo
Logo

रवि लामिछाने भेट्न बुढानीलकण्ठ पुगे गृहमन्त्री सुधन गुरुङ


4.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । 

The current image has no alternative text. The file name is: sudan-gurung.jpg

गुरुङ सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट र व्यापारिक घराना शङ्कर ग्रुप लगायतसँग बिजनेस पार्टनर भएको खुलेसँगै उनीमाथी प्रश्न उठेको छ । यहीबिचमा उनले सोमबार बिहान पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका हुन् । उनी लामिछानेलाई भेट्न बुढानीलकण्ठस्थित निवास  पुगेका हुन् । 

गोरखा–१ बाट निर्वाचित सांसद रहेका उनी चैत १३ गते गृहमन्त्री बनेका थिए । गुरुङलाई कारबाही गर्ने सम्बन्धमा पार्टीभित्र उच्च नेताबिच छलफल भएपछि उनको दौडधुप बढेको छ ।

उनलाई कारबाही गर्नेरनगर्ने विषयमा आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिनेछ । 

प्रतिक्रिया दिनुहोस्