Logo
Logo

पुरुष क्रिकेट ए टिमका लागि ३२ खेलाडी छनौट


441
Shares

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ओमान, स्कटल्याण्ड  र अमेरिकासँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ ।

The current image has no alternative text. The file name is: cricket-3.jpg

अप्रिल २२ देखि मे ११ सम्म माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेलका लागि ३२ जना नेपाल ए टिमका लागि खेलाडी छनौट गरिएको हो ।

जसमा तृत राज दास, देव खनाल, शङ्कर राना,  ईशान पाण्डे, अरनिको यादव, विवेक राना मगर, अनिल कुमार साह, अर्जुन घर्ती मगर, नारायण जोशी, रसिद खान, सन्तोष यादव, हेमन्त धामी, रिजन ढकाल,  आकाश चन्द,  विशाल पटेल, अर्जुन साउद, प्रतिष जीसी, कुशल मल्ल, युवराज खत्री, विपिन खत्री, दिपेस कँडेल, शेर मल्ल, रुपेस सिंह, सुभ कंसकार, पवन सराफ,  सागर ढकाल,  दीपक प्रसाद डुम्रे, साहब आलम,  प्रकाश जैसी, सन्दीप जोरा, मयन यादव र अभिशेष गौतम रहेका छन् ।

त्यस्तै नेपाल ए को प्रमुख प्रशिक्षक राजु बस्न्यात र सहायक प्रशिक्षकस् प्रकाश शर्मा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्