Logo
Logo

सिमानामा भन्सार तिर्नुपर्ने सरकारको निर्णय अन्यायपूर्ण : महावीर पुन


819
Shares

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले सिमानामा भन्सार तिर्नुपर्ने नेपाल सरकारको निर्णय अव्यवहारिक र अन्यायपूर्ण भएको बताएका छन् ।

The current image has no alternative text. The file name is: mahabir-pun.jpg

सीमा क्षेत्रमा सदियौंदेखि चलिआएको व्यक्तिगत प्रयोगका लागि ल्याएको थारै सामानको भन्सार तिर्नु नपर्ने चलन रातारात नहट्ने उनको भनाइ छ ।

पुनले सीमा क्षेत्रका बासिन्दाहरूबाट आफूलाई सयौं अनुरोध आएको बताउँदै त्यसो नगर्न मन्त्रिमण्डलले निर्णय गरेर सम्बन्धित निकायलाई तुरुन्त निर्देशन दिन आग्रह गरे ।

‘सीमा क्षेत्रका बासिन्दाहरूबाट मलाई सयौं अनुरोध आएको हुनाले घोर विरोध गर्दै मैले यो पोष्ट गरेको हो-यो तल भनिए अनुसार भारतबाट सामान ल्याउँदा १ सय रुपैयाँभन्दा बढीको कुनै पनि सामान ल्याउँदा सिमानामा भन्सार तिर्नु पर्ने नेपाल सरकारको निर्णय एकदमै अव्यवहारिक र अन्यायपूर्ण छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सीमा क्षेत्रमा सदियौंदेखि चलिआएको व्यक्तिगत प्रयोगको लागि ल्याएको थारै सामानको भन्सार तिर्नु नपर्ने चलन रातारात हट्दैन । त्यसो नगर्न मन्त्रिमण्डलले निर्णय गरेर सम्बन्धित निकायलाई तुरुन्त निर्देशन दिइयोस ।’

प्रतिक्रिया दिनुहोस्