Logo
Logo

राहदानीमा नीतिविपरीत लेख्ने अध्यागमनका दुई  अधिकृतलाई हटाइयो


1.1k
Shares

काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दुई जना मातहतका कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।

The current image has no alternative text. The file name is: adhyagaman-bivag_E8MTcddTpz.jpg

अध्यागमन अधिकृत टोपबहादुर खत्री र विमल पौडेललाई विमानस्थलको जिम्मेवारीबाट हटाएको विभागले जनाएको छ । 

उनीहरूले संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपालीको राहदानीमा नीतिविपरीत विदेश गएर काम गर्न नपाउने र नेपाल फर्किने मितिसहितको थप नोट लेखेका थिए । विभागले नेपाली नागरिकलाई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको स्पष्ट पारेको छ । 

‘प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अध्यास गर्ने दुई जना अध्यागमन अधिकृतहरूलाई अध्यागमन कार्यालय त्रिअविको जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको छ’, विभागले भनेको छ । 

प्रतिक्रिया दिनुहोस्