Logo
Logo

आयल निगम घेर्न गएकालाई प्रहरीले रोक्यो


945
Shares

The current image has no alternative text. The file name is: genz.jpg

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मुल्यवृद्धि घटाउन माग गर्दै आयल निगम नजिकै प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा सोमबार काठमाडौंको बबरमहलस्थित आयल नियममा धर्ना दिन गएका उनीहरूलाई प्रहरीले हटाएपछि निगम नजिकै प्रदर्शन गरेका हुन् ।

धर्नाका साथै ज्ञापन पत्र बुझाउन युवाहरू त्यहाँ पुगेका थिए । प्रहरीले भने समन्वय नभएको भन्दै उनीहरूलाई त्यहाँबाट हटाएको हो ।

उनीहरुले आफूहरू समन्वय गरेर नै ज्ञापन पत्र बुझाउन आउँदा प्रहरीले हस्तक्षेप गरेको बताएका छन् । पेट्रोलियम पदार्थको मुल्यवृद्धिको असर सवैतिर देखिएको भन्दै यसप्रति सरकार गम्भीर हुनुपर्ने उनीहरूको माग छ । 

प्रतिक्रिया दिनुहोस्