Logo
Logo

गृहमन्त्रीका छोराको सेटिङमा काठमाडौंका एसएसपी हेरफेर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ मंसिर ।
गृह मन्त्रालयले शुक्रबार ३३ एसएसपीको सरुवा गर्दा धेरै जसोको अवधि पुगेर नै सरुवा भएको छ । काठमाडौं परिसरका एसएसपी श्याम ज्ञवालीको भने आठ महिनामै सरुवा भयो ।


कुनै विवादका कारण नभई चलखेलका आधारमा उनको सरुवा भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकको सेटिङमा काठमाडौं परिसरमा एसएसपी अशोक सिंहलाई पठाइएको छ ।

ज्ञवालीबाट स्वास्र्थ पुरा नभएपछि उनलाई हटाउन प्रतिक पाँच महिनाअघिदेखि नै सक्रिय थिए । अहिले आएर उनी सफल भएका छन् । एसएसपी सिंह कास्कीमा हुँदादेखि नै प्रतिकसँग सेटिङमा काम गर्दै आएका छन् । सिंहलाई एसएसपी बढुवामा पनि उनको भूमिका थियो । अहिले उनले नै सिंहलाई काठमाडौं परिसर लगेको स्रोत बताउँछ । सिंह धादिङमा उनी कारबाहीमा परी त्यहाँबाट हटेका थिए ।

त्यसो त काठमाडौं परिसरका एसएसपी ज्ञवालीसँग गृह नेतृत्व रुष्ट थियो । चाडकी गर्न नजाने भएकाले गृहमन्त्रीको टिम तथा गृहसचिव उनीसँग खुशी थिएनन् । त्यही कारण पनि उनको सरुवा भएको स्रोत बताउँछ । त्यो त, उनले पनि उत्कृष्ट काम भने गर्न सकेका थिएनन् ।

त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि सेटिङकै आधारमा कमजोर कार्यक्षमता भएका जनक भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्