काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालयमा दुई सदस्य थप गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले सागर ढकाल र सरिता श्री ज्ञवाली सचिवालय सदस्य बनाएको हो ।

बैठकले सङ्घीय नेतृत्व मञ्चमा पनि सदस्यहरू मनोनीत गरेको छ । मञ्चमा तुलसीप्रसाद चौधरी, राम सिह थारू, जीवन धामी, प्रेमा चौधरी, नवराज राना र एकराज चौधरीलाई मनोनीत गरेको हो ।
यस्तै केन्द्रीय सल्लाहकार परिषद्मा जीवन प्रभा लामा, मोती प्रसाद पंगाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मालाई मनोनयन गरेको छ ।











