Logo
Logo

आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै


441
Shares

काठमाडौं । टी–२० सिरिज अन्तर्ग नेपाल र युएईबीचको दोस्रो खेल आज हुँदैछ । खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा सोमबार सिरिजको पहिलो खेल खेलेको नेपाल युएईसँग पराजित भएको थियो ।

टिममा ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल छन् । त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान छन् ।

नेपालले पहिलो पटक टी–२० र एकदिवसीय क्रिकेटमा अलग–अलग कप्तानको अभ्यास गरेको हो । पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी–२० टिमबाट बाहिर छन् ।

प्रतिक्रिया दिनुहोस्