Logo
Logo

हवाई फायर गरेर प्रहरीले समात्यो लागुऔषध कारोबारी


630
Shares

काठमाडौं । प्रहरीले हवाई फायर गरेर लागुऔषध ओसारपसारमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । मोरङको रतुवामाइ नगरपालिका–१ स्थित हटिया क्षेत्रमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेर खैरो हेरोइन कारोबारमा संलग्न सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ लागुऔषध भित्रिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले उनलाई घेराउ गरेको थियो । भारतीय नम्बर प्लेटको बीआर३८एडी ५३९० नम्बरको मोटरसाइकलमा सवार मियाँले प्रहरी टोलीलाई देख्नासाथ भाग्ने प्रयास गरेका थिए । सोही क्रममा उनलाई रोक्न चाइनिज पेस्तोलबाट दुई राउण्ड हवाई फायर भएको
मोरङका प्रमुख एवम् प्रहरी उपरीक्षक कवित कट्वालले जानकारी दिए ।

मियाँको साथबाट ५ पोका गरी जम्मा ४ सय ७५ ग्राम ८ सय २० मिलिग्राम करिब आधा किलो खैरो हेरोइन बरामद भएको छ ।पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्