
काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक मन्त्री एस. पल कपुर र परराष्ट्रमन्त्री शिशिर खनालबीच शिष्टाचार भेट भएको छ । आज सिंहदरबारमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने र नेपालमा व्यापार र लगानी बढाउने विषयमा थप ध्यान केन्द्रित गर्नेबारे छलफल भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।
कपुर बालेन सरकार बनेपछि नेपाल भ्रमण गर्ने पहिलो उच्च अधिकारी हुन् । सोमबारबाट सुरू भएको उनको भ्रमणलाई नयाँ सरकार र सरकारको नेतृत्व गर्ने रास्वपासँगको सम्बन्धलाई विस्तार गर्ने योजना अन्तर्गतको भ्रमणको रुपमा पनि हेरिएको छ ।
उनले सोमबार सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेसँग भेट गरेका थिए । भेटमा उनले अमेरिका र नेपाल सहकार्यका क्षेत्रबारे कुरा गरेको बताएका छन् ।











