Logo
Logo

एकैपटक भारत र चीनबाट उच्चस्तरीय भ्रमण हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ मंसिर ।
दुई छिमेकीबाट एकैपटक नेपालमा उच्चस्तरीय भ्रमण हुने भएको छ । मंसिर ११ गते भारतबाट परराष्ट्रसचिव तथा मंसिर १४ गते चीनबाट रक्षामन्त्री नेपाल आउन लागेका हुन् ।


चीनका रक्षामन्त्री जनरल वेई फेङ्गे दुईदिने औपचारिक भ्रमणमा नेपाल आउन लागेका हुन् । पछिल्लो समय चीनले नेपालसँग सैन्य सहकार्य बढाउँदै लगेको छ ।
भारतीय विदेशसचिव हर्षबर्धन शृंगला सद्भावना भ्रमणका लागि ११ मंसिरमा काठमाडौं आउँदै छन् । उनी १२ गते फर्कनेछन् । यसअघि भारतयि सेनाअध्ध्यक्ष र रअका प्रमुख नेपाल भ्रमणमा आएका थिए । सीमा विवादपछि भारतसँग चिसिकएको सम्बन्ध सुधारका लागि दुवै पक्षबाट पहल भइरहेको छ ।
चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने छन् ।
दुवै छिमेकी देशबाट हुन लागेको भ्रमणबाट नेपालले फाइदा लिन सक्नुपर्ने कुटनीतिक बिश्लेषकहरु बताउँछ्न ।

प्रतिक्रिया दिनुहोस्