Logo
Logo

कुटनीतिक राहदानी वितरणबारे सभामुखले गरे दलहरुसँग छलफल


252
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले कुटनीतिक राहदानीबारे छलफल शुरु गरेका छन् । बुधवार सिंहदरवारमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर उनले कुटनीतिक राहदानी दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर छलफल गरेका हुन् ।

कुटनीतिक राहदानीको माग सांसदहरुले गरिरहेका बेला त्यसको दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर छलफल गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले जानकारी दिइन् । उनका अनुसार विगतमा सांसदहरुले नै कुटनीतिक राहदानी दुरुपयोग गरेको हुनाले त्यसो हुन नदिने विषयमा विमर्श शुरु गरिएको र अर्को बैठकमा त्यसबारे आवश्यक निर्णय लिने सहमति गरिएको छ ।

विशेष काममा मात्रै सो राहदानी उपलब्ध गराइने कानूनी व्यवस्था भएकाले सोही अनुसार यसको उपयोग गर्नुपर्नेमा पनि राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्