काठमाडौं । विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध गर्ने सरकारको कदमप्रति काठमाडौंमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको छ ।

नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संयुक्त रत्न राज्यलक्ष्मी क्यामस अगाडी विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थी नेताहरूले विद्यार्थी सङ्गठनमाथिको प्रतिबन्धलाई अलोकतान्त्रिक र दमनकारी कदम भनेका छन् ।
उनीहरूले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीलाई हिरासतमा लिएको घटनाप्रति पनि आपत्ति जनाएका छन् । उनीहरूले सरकारले विगतका राज र पञ्चायतका पनि नगरेको कार्य अहिलेको सरकाले गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन ।
सरकारले सङ्गठनमाथि प्रतिबन्ध गर्ने घोषणा फिर्ता नलिए देशभर सशक्त आन्दोलन गर्ने उनले चेतावनी छ । मङ्गलवार सिंहदरबारमा प्रदर्शन गरेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।











