काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।

गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहबिच अहिले छलफल भइरहेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
उनीहरूबिच के विषयमा छलफल भइरहेको त्यो भने खुलाइएको छैन । यसअघि हिजो मङ्गलवार मन्त्री गुरुङले नेपाल प्रहरीका आइजीपी, गृहसचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी लगायतसँग झन्डै ५ घण्टा छलफल गरेका थिए ।











