काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले पछिल्लो समय सरकारले आफ्ना मनमा लागेका कुरा गर्न विधि र विधान मिच्ने काम गरिरहेको आरोप लगाएका छन् ।

बुधवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति थापाले सरकारले अनुसन्धानको नाममा विधि र विधान मिच्ने काम गरिहरेको बताएका हुन् ।
सरकारले कतिपय निर्णयहरू कानुन मिचेर ‘लहडका भरमा’ गरिरहेको आरोप लगाउँदै उनले कसैमाथि अनुसन्धान गर्ने सरकारको अधिकार भए पनि अनुसन्धान गर्दा कानुनको पालना गर्नुपर्ने बताए ।
कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निभाउन नसकेको हो भन्ने प्रश्नमा उनले तथ्यका आधारमा आवाज उठाउने बताए । थापाले कांग्रेस अराजक रूपमा प्रस्तुत नहुने भएकाले आवाज कमजोर सुनिएको हुनसक्ने भए पनि तथ्यका आधारमा आवश्यक ठाउँमा आवाज उठाउने बताए ।
गृहमन्त्री सुधन गुरुङको विषयमा भने पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताउँदै उनले भने, ‘गृहमन्त्रीको विषयमा पार्टीले जे भन्नुपर्ने हो, भनिसकेको छ।’











