काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले वडा तहबाटै पार्टीले धुलो टकटक्याएर अघि बढ्नुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पारेर केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उकालो-ओरालोको यात्रा सधैँ भइरहने बताउँदै धुलो टकटक्याएर अघि बढ्नुपर्ने बताएका हुन् ।
कम्युनिस्ट पार्टीमा देखिएका उकाला ओरालोको यात्राबारेर समीक्षा गर्नुपर्ने बताउँदै उनले भने, कम्युनिस्ट पार्टी कसरी उकालो ओरालो हुँदै बाटो अघि बढेको छ । यो सबैको समीक्षा गर्नुपर्ने आवश्यकता छ । हामीले देखेका छौँ, जीवन पनि त्यस्तै हो । सामाजिक जीवन पनि त्यस्तै हो । राजनीतिक जीवन पनि त्यस्तै हो । उकालो र ओरालो आउँछ । यसलाई हामीले आत्मसाथ गर्नुपर्छ ।’
पराजित हुनासाथ आत्तिनेले कहिल्यै जित हासिल गर्न नसक्ने नेपालको भनाइ छ । साम्राज्यवादले संसारमा सकंट सिर्जना गरिरहेको उनले जिकिर गरे ।











