Logo
Logo

तस्करी रोक्ने एसपीलाई स्पष्टीकरण


6k
Shares

काठमाडौं । मधेश प्रदेश डिआइजी गोविन्द थपलियाले तस्करी रोक्ने एसपीलाई स्पष्टीकरण सोधेका छन् । केही दिन अघि धनुषा जिल्लाका एसपी रुगम कुँवरलाई स्पष्टीकरण सोधेका हुन् । डिआइजीका घुमुवाले भनेको सीमा चौकीबाट सामान नछुटाउदा उनलाई स्पष्टीकरण सोधिएको स्रोतको दावी रहेको छ ।

यद्यपि, डिआइजीले सबैभन्दा बढी दुःख धनुषा प्रहरीलाई दिएको स्रोतको दावी छ । स्रोतका अनुसार डिआइजी कार्यालयले मधेश प्रदेशका आठ वटै जिल्लाका लेखा प्रमुखलाई बोलाउने र चाहेको रकम लिने गरेपछि सप्तरीले ठाडो प्रतिवाद गरेको थियो । त्यस्तै धनुषाले पनि दिन नसकिने जनाएको थियो । धनुषा जिल्ला प्रहरी कार्यालयले यो विषयमा प्रहरी महानिरीक्षकको सचिवालयमा समेत जानकारी गराइसकेको छ ।

यसैगरी डिआइजीकै घुमुवामार्फत नेपालको पूर्वी सीमा क्षेत्रमा पर्ने सप्तरी रामपुर मलहनिया नाकामा दिनहुँ करोडौँ रुपैयाँ मूल्यको कपडा तस्करी भइरहेको हुँदा पनि मौन बस्नु परेको भन्दै स्थानीयहरुले आक्रोस व्यक्त गरेका छन् ।

स्थानीय स्रोतका अनुसार, यहाँका ठूला व्यापारीहरूले सरकारी नियमनको आँखा छल्न प्रतिदिन लाखौँ मूल्यको कपडा सीमा नाघाइरहेका छन् । सप्तरीको एसपीले डण्डा चलाउदा चलाउदै पनि डिआइजीको घुमुवाले लाइन चलाएको स्रोतको दाबी छ ।

यस नाकामा तस्करी गर्ने ठूला नामहरूमा ललण मण्डल, सुसिला मण्डल, गणेश मेता, अरुण यादव, कृष्ण दास, बुचिया मण्डल, रेखा मण्डल, ललिया मण्डल, हरि मण्डल, शिवशङ्कर साह, खैनी–बिडी र रजनिगन्धा बेपारी, सरिता दास (किराना) लगायतका व्यापारीहरूको नाम जोडिएको छ । उनीहरूले दिनमै करिब ५० लाख रुपैयाँभन्दा बढीको सामान सीमा पार गराउँछन् । रामपुर मलहनिया बोर्डरमा, नेपाल प्रहरीको सइ, प्रहरीको अर्को असइ रहेको स्रोतको दावी छ ।

रामपुर मलहनिया नाकामा हुने तस्करी पूर्ण रूपमा संगठित छ । ठूला व्यापारीहरूले सीमा नाकामा ठूलो मात्रामा कपडा ल्याउँछन् र रातको समयमा सीमा अधिकारीहरूलाई ‘लाइन’ बुझाएर सामान सहजै नेपाल भित्र पसाउँछन् ।

सप्तरीको रामपुर मलहनिया बोर्डरमा हुने कपडा तस्करीले स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई प्रत्यक्ष असर पारिरहेको छ । रातको समयमा ठूला व्यापारी र सुरक्षा अधिकारीबीचको मिलेमतोले यस अवैध कारोबारलाई अझ सशक्त बनाएको छ ।

स्रोतका अनुसार, यदि सरकारले रात्री निगरानी प्रणाली सुधार, सीमा नाकामा आधुनिक उपकरण र पूर्ण जाँच–परीक्षण लागू गर्न सकेमा मात्रै यस्तो तस्करी नियन्त्रण गर्न सम्भव हुनेछ । रौतहका नाकामा पनि डिआइजीको घुमुवाले लाइन चलाउन थालेका छन् । केही दिनअघि मात्रै रौतहटको गरुडाबाट डिआइजीको घुमुवाले लाइन चलाउन खोज्दा विवाद गर्ने एक प्रहरीलाई डिआइजी कार्यालयमा तानेको छ ।

सर्लाहीमा पनि लाइन चलाउनकै लागि एक सईलाई महोत्तरीबाट लगिएको छ । डिआइजीको तार्गेटमा धनुषा र सप्तरी मात्रै रहेको छ । सिराह, बारा, सर्लाही र रौतहटलाई डिआइजीले आफनो ‘गुड लिष्ट’मा राखेर घुमुवा परिचालन गरिरहेको स्रोतको दावी छ ।

डिएसपी हुँदा मधेश प्रदेश बसेका डिआइजी गोविन्द थपलियाले एमाले नेताहरुको आडमा विभागमा अन्य प्रहरी कर्मचारीलाई पेल्दै आएका थिए ।अहिले पनि एमालेका केही नेताहरुको आर्सिवादले मधेश प्रदेशमा पुगेका डिआइजीले इमानदार प्रहरीलाई पेल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्