Logo
Logo

अभ्यास खेलमा नेपाल ‘ए’ ओमानसँग पराजित


315
Shares

काठमाडौं । ओमानसँग भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ ७० रनले पराजित भएको छ ।

बुधवार मूलपानी माथिल्लो क्रिकेट मैदानमा ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा २१० रन बनाएर अलआउट भएको हो । नेपाल ‘ए’ का लागि कप्तान अनिल शाहले ५० तथा ईशान पाण्डेले ५३ रन बनाए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८० रन बनाएको थियो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ७२ रन बनाए । त्यस्तै, ओमानका कप्तान जतिन्दर सिंहले पनि अर्धशतक प्रहार गरे। ४२ बलको सामना गरेका उनले ४ छक्का प्रहार गर्दा ३ चौका प्रहार गरे । 

नेपालका लागि आकाश चन्दले ४ विकेट लिए भने सन्तोष यादवले दुई विकेट लिँदा शेर मल्ल ले ९१ विकेट लिए । यी दुई टोलीबीच अर्को खेल बिहीबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्