Logo
Logo

रास्वपा कार्यालयमा सुरक्षा कडा


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुकुम्वासीहरू जाने भएपछि अहिले रास्वपा कार्यालय अगाडि बाक्लो संखयामा नेपाल प्रहरीको टोली तैनाथ गरिएको छ ।

सरकारले काठमाडौंका सुकुम्वासी बस्ती खाली गराउने तयारी अघि बढाएसँगै उनीहरू आन्दोलनमा उत्रिएका छन् । थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका सुकुमवासीहरू शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । सरकारले उपयुक्त विकल्प नदिइ आफूहरूको बासस्थान खाली गराउन लागेको भन्दै उनीहरू आक्रोशित भएका छन् ।

चुनावमा भोट माग्ने क्रममा रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्तीमा डोजर चलाए आफू छाती थाप्न जाने अभिव्यक्ति दिएका थिए । तर रास्वपाकै बरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले डोजर चलाउने निर्णय गरेपछि युवाहरु आक्रोशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्