काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शनिवार बिहानैदेखि सुकुम्वासी बस्तीका घर टहरा भत्काइने जनाएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा नदी किनारका सार्वजनिक, सरकारी पर्ती जग्गामा भएका घर टहरा खाली गरिने जनाइएको छ । यसका लागि शुक्रवार साँझ ७ बजेसम्म घर टहरा खाली गर्न भनिएको छ ।
‘अवैध रूपमा बनाइएका घर टहराहरू मिति २०८३ वैशाख ११ गते साँझ ७ बजेभित्रमा खाली गर्नुहोला,’ सूचना भनिएको छ ।
घर टहरा खाली नगरिए शनिवार बिहानैदेखि भत्काउने चेतावनी दिइएको छ। ‘मिति २०८३ वैशाख १२ गते बिहान ६ बजेदेखि घर टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गर्ने कार्य हुनेछ,’ जिल्ला प्रशासनले भनेको छ, ‘त्यस कार्यमा कोही कसैले बाधा व्यवधान सिर्जना गर्ने कार्य गरेमा कानुनबमोजिम कडा कारबाही भई जानेछ ।’











