Logo
Logo

महिला च्यालेन्ज ट्रफी : भानुआटुले नेपाललाई दियो ९८ रनको लक्ष्य


189
Shares

काठमाडौं । आइसिसी महिला टि-२० च्यालेन्ज ट्रफीको जारी खेलमा भानुआटुले नेपाललाई ९८ रनको समान्य लक्ष्य दिएको छ ।

The current image has no alternative text. The file name is: women-cricket.jpg

शुक्रबार रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको भानुआटुले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा ९७ रन बनाएको हो ।

भानुआटुको लागि भ्यालेन्टा लाङ्गियातु सर्वाधिक ४२ रन बनाइन् । त्यस्तै, कप्तान रचेल ६ रन बनाइन् ।

नेपालको लागि रिया शर्माले सर्वाधिक २ विकेट लिइन् । मनिषा उपाध्याय ,रचना चौधरी र कविता कुवरले समान १/१ विकेट लिइन् ।

कुल ५ टोलीको सहभागीता रहेको प्रतियागितामा नेपाल अमेरिकासँग पराजित हुँदा इटाली र घरेलु टोली रुवान्डामाथि जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्