काठमाडौं । सरकारले काठमाडौंको अतिक्रमित सुकुम्वासी बस्ती हटाउन अल्टिमेटम दिएपछि त्यहाँ बसोबास गरिरहेकाहरूले रास्वपाको ध्यानाकर्षण गराएका छन् । सुकुम्वासी सङ्घर्ष समितिको तर्फबाट रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको हो ।

उनीहरूले रास्वपाका केन्द्रीय सदस्य खेमराज साउदलाई ध्याकर्षण पत्र बुझाएका हुन् । उनीहरुले सरकार स्वेच्छाचारी ढङ्गले अघि बढेको आरोप लगाउँदै यसबारे ध्यानाकर्षण गराएका हुन् ।
ध्यानाकर्षण पत्र बुझ्दै केन्द्रीय सदस्य साउदले मानव अधिकार उल्लङ्घन हुने गरी काम नगर्ने र पार्टीको तर्फबाट सरकारमा रहेका नेताहरूले पनि यसमा ध्यान दिने बताएको बताएका छन् ।











