काठमाडौं । राष्ट्रिय क्रिकेटर आदिल आलमको मोटरसाइकल दुर्घटनामा परेका छन् । बाराको बरियारपुरबाट करिब दुई किलोमिटर पूर्वतर्फको खलही पुलमा शुक्रवार दिउँसो आलमले चलाएको मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा घाइते आलमको वीरगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ । मधेस प्रदेश क्रिकेट सङ्घका कोषाध्यक्ष सुभाष जयसवालका अनुसार आलमको अवस्था सामान्य रहेको छ ।
आलमले चलाएको मोटरसाइकल खलही पुलबाट तल खसेको थियो । उनलाई स्थानीयले उद्धार गरी अस्पताल पठाएका हुन् ।











