Logo
Logo

विपिन जोशीको परिवारलाई १० लाख उपलब्ध गराउने सरकारको निर्णय


252
Shares

काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे जानकारी दिए ।

सरकारले यसअघि मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू मात्रै सार्वजनिक गर्दै आएको थियो । आज भने सरकारले हालसम्मका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्