Logo
Logo

अफगानिस्तान सरकार र तालिबानलाई युद्धविरामको अवस्था पालना गर्न अमेरिकी विदेशमन्त्रीको आग्रह


- दृष्टि न्युज/संवाददाता


दोहा, ७ मंसिर (एजेन्सी) । अफगानिस्तान सरकार र तालिबान सशस्त्र समूहका विद्रोहीका शान्ति वार्ताका मध्यस्थकर्तासँग अमेरिकी विदेशमन्त्रीले भेट गरेका छन् । हाल कतारको दोहामा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शनिबार दोहामा भेट गरेको बताइएको छ ।
ती दुवै जनासँगको सो भेटक्रममा अमेरिकी विदेशमन्त्री पोम्पेओले अफगानिस्तानमा पछिल्ला समयमा हिंसा बढेकोप्रति चिन्ता व्यक्त गरेका थिए । त्यस भेटका क्रममा विदेशमन्त्री पोम्पेओले अफगानिस्तानमा हिंसालाई घटाउन, शान्ति वार्ताको समयमा गरेको प्रतिबद्धता बमोजिम युद्धविरामको अवस्था पालना गर्न पनि भनेका थिए ।
साथै पछिल्लो समय अफगानिस्तान सरकार र तालिबानका तर्फबाट शुरु भएको भनिएको सो वार्ता रोकिएकोले त्यस वार्ताको क्रमलाई अघि बढाउन पनि उनले दुवै तर्फका वार्ता टोलीका संयोजक तथा मध्यस्थकर्ताहरुलाई आग्रह गरेका छन् ।
शनिबार मात्र अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमण गरिएको थियो । सो रकेट आक्रमणमा परेर कैयौँ मानिस मारिएको थिए । उक्त २३ वटा रकेट आक्रमण गरेर हिंसात्मक हमला भएको दिन नै अमेरिकी विदेशमन्त्री पोम्पेओ दोहा पुगेका थिए ।
करिब दुई महिना अघिदेखि दोहामा अफगानिस्तानको सरकार र तालिबानको शान्ति वार्ता शुरु भएको भनिएको थियो तर अहिले आएर निकै दिनदेखि सो वार्ता रोकिएको थियो । त्यसैले अमेरिकी विदेशमन्त्री पोम्पेओले दुई पक्षबीचमा शुरु भएको सो वार्तालाई निरन्तरता दिन आग्रह गरेका छन् । यसअघि उक्त वार्ता शुरु गर्नका लागि पनि अमेरिकाले सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्