Logo
Logo

छैटौं एसियन बिच गेम्स : महिला कबड्डीमा नेपाल समूह विजेता


189
Shares

काठमाडौं । चीनमा आयोजना भइरहेको एशियन बिच कबड्डी प्रतियोगितामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै समूह विजेता बनेको छ । 

समूह ‘बी’का तीनवटै खेल जितेर नेपाल समूह विजेता बनेको हो । नेपालले आजै समूह ए को उपविजेता श्रीलङ्कासँग खेल्नेछ । समूह एको विजेता भने भारत छ ।

समूह बीको अङ्क तालिकाको पहिलो स्थानमा रहेको नेपालसँग ६ अङ्क छ । उपविजेता बङ्गलादेशको ४ र तेस्रो स्थानमा रहेको थाइल्याण्डसँग २ अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्