Logo
Logo

प्रधानमन्त्री बालेनलाई शासनकर्ता नबन्न पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालको सुझाव 


2k
Shares

काठमाडौं । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले सरकारलाई शासनकर्ता नभएर सहजकर्ता बन्न सुझाव दिएका छन् । 

जनताले वर्तमान सरकारलाई विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको भन्दै उनले  सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिएका हुन् ।

‘विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको हो । शासनकर्ता होइन, सहजकर्ताको भाव राखौँ,’ अर्यालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शास्त्र भन्छ-मानव जीवात्मा पनि परमात्माकै अंश हो ।’

काठमाडौंका सुकुम्वासी बस्तीमा डोजर चलाउँदा प्रधानमन्त्री बालेन शाहले मानवीय पक्षलाई ध्यान नदिएको भन्दै आलोचना भइरहँदा पूर्वगृहमन्त्री अर्यालले बालेनलाई नाम नलिइ शासक नभएर सहजकर्ता बन्न सुझाव दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्