Logo
Logo

शेखर कोइरालाले बोलाए आफ्नो समूहको छुट्टै भेला


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् । डा. कोइरालाले बैशाख १७ गते समूहका नेताहरूको बागमती प्रदेश स्तरीय भेला बोलाएको नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

भेलामा बागमती प्रदेश भित्रका बहालवाला र निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति र पूर्व जिल्ला सभापति सांसद र पूर्वसांसद, प्रदेश सभा सदस्यहरू र बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्