Logo
Logo

रास्वपा सांसदले हेडसरलाई थर्काएको विषयमा बोल्यो ओखलढुंगाको चण्डेश्वरी विद्यालय


1.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले ओखलढुङ्गास्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई गेटमा स्वागत गर्न नआएको भन्दै थर्काएको विषयमा विद्यालयले स्पष्टीकरण दिएको छ ।

सांसद पोखरेलले प्रअ मगरलाई थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि पोखरेलले गल्ती स्वीकार गर्दै माफी मागेका थिए । प्रअ मगर र विद्यालयका अध्यक्ष टेकबहादुर बुढाथोकीले आज विज्ञप्ति जारी गर्दै घटनाबारे बोलेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘…उहाँ विद्यालयको समस्या तथा शैक्षिक गतिविधिको जानकारी लिन विद्यालयमा पूर्व कार्यक्रम अनुसार आउँदा विद्यालयका प्रअ सन्तबहादुर मगर आफ्नै कार्यकक्षमा विद्यालयको समस्या तथा आवश्यक मागहरू पेश गर्ने तयारी भइरहेको बेलामा माननीय विश्वराज पोखरेल विद्यालय हाताभित्र प्रवेश गर्नुभएको रहेछ ।’

विद्यालयको मागपत्र तयार गर्ने क्रममा व्यस्त भएकाले बाहिर आउन ढिलाइ भएको भन्दै हतारिँदै बाहिर आउँदा सांसद पोखरेल हिँडिसकेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्