Logo
Logo

‘माननीय’ सम्बोधन नगर्न आफ्ना सांसदलाई रविको निर्देशन


819
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कुनै पनि कागजातमा माननीय सम्बोधन नगर्न सांसदलाई निर्देशन दिएका छन् ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा सभापति लामिछानेले आफ्नो कुनै कागजातमा ‘माननीय’ सम्बोधन नगर्न सांसदलाई निर्देशन दिएका हुन् । उनले सबै सांसदको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै, सभापति लामिछानेले सांसदलाई मेन्टर र सल्लाहकारको अभ्यास गर्न र सके जति सल्लाह र सुझाव लिन सुझाएका छन्। अझै धेरै कुरा सिक्न बाँकी रहेको उनको भनाइ थियो ।

त्यस्तै, आउँदो स्थानीय तहको निर्वाचनका लागि कसैसँग पनि टिकटको कुरा नगर्न भनेका छन् । आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि ‘क्यान्डिडेट क्लब’को अभ्यास गर्न लागिएको उनले बताए।

त्यसैले कसैलाई पनि टिकट प्रतिबद्धता नगर्न निर्देशन छन्। ‘कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाहीको भागिदार हुनुपर्नेछ,’ लामिछानेले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्