Logo
Logo

विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी


252
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी छ । नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा जारी सो बैठकमा पछिल्लो राजनीतिक अवस्था र सरकारका कामकारबाहीबारे छलफल भइरहेको हो ।

सरकारले संसद छलेर संवैधानिक परिषद् र सहकारी समस्यासँग सम्बन्धित अध्यादेश ल्याएपछि त्यसको विरोध र प्रतिवाद गर्न विपक्षी दलहरू एकजुट भएका हुन् । बैठकमा सरकारले संसद्को क्षेत्राधिकार मिचेको तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीत गतिविधि बढाएको विषयमा गम्भीर समीक्षा भइरहेको बताइएको छ ।

बैठकमा सहभागी नेताहरूका अनुसार सुकुम्वासी बस्ती हटाउने लगायतका सरकारका पछिल्ला कदमहरूको विरोध गर्ने र जनसरोकारका मुद्दामा एकतावद्ध भएर अघि बढ्ने योजना तय गरिनेछ । सरकारका ‘गलत’ कामहरूको भण्डाफोर गर्न विपक्षी मोर्चालाई सशक्त बनाउने उद्देश्यले यो बैठक बोलाइएको हो ।

बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका विपक्षी दलका शिर्ष नेताहरूको सहभागिता रहेको छ । विपक्षी दलहरूले सदन र सडक दुवै माध्यमबाट सरकारलाई दबाब दिने गरी साझा रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्