Logo
Logo

प्रधानमन्त्री ओली स्वास्थ्य चौकी उद्घाटन गर्न ताप्लेजुङको घुन्सामा


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार ताप्लेजुङको घुन्सातर्फ उडेका छन् । उनी ताप्लेजुङको घुन्सामा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गर्न त्यहाँ गएका हुन् ।
घुन्सापछि प्रधानमन्त्री ओलीको टोली ओलाचुङगोला हुँदै इलाम पुग्ने कार्यक्रम छ । प्रधानमन्त्रीले इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि दोसो पटक उपत्यका बाहिरको कार्यक्रममा निस्किएका हुन् । यसअघि उनी कात्तिक २६ गते संखुवासभा भ्रमण निस्किएका थिए ।
प्रधानमन्त्री ओलीसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्