Logo
Logo

कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय


441
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई रामेछाप जिल्ला सभापतिबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको अनुशासन समितिको बैठकले उनलाई जिल्ला सभापतिको पदमा बसेर कामकाज गर्न नपाउनेगरी निलम्बन गर्ने निर्णय गरेको हो । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले यसबारे जानकारी दिए । रामेछाप जिल्ला सभापति रहेका नेता तामाङले पार्टी सभापति गगन थापासँग ३ अर्ब पैसा भएको दाबी गरेका थिए ।

त्यसपछि अनुशासन समितिले जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखी भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको निष्कर्ष निकाल्दै तीन दिने स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्