Logo
Logo

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ: रवि लामिछाने


0
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु भएको जानकारी गराएका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कस्तो छानबिन हुने भन्नेबारे पनि चाँडै जानकारी गराउने बताए ।

The current image has no alternative text. The file name is: rabi-lamichhane-1.jpg

‘मलाई लाग्छ छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ । कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि जानकारी गराउँछौं,’ लामिछानेले भने, ‘उहाँले म माथि पनि छानिबन होस्, अरुलाई जस्तै मलाई पनि छानबिन गरियोस् भन्नुभएको छ । उहाँमाथि कुन प्रक्रियाबाट छानबिन हुने भन्ने कुरा चाँडै हुन्छ ।’

गुरुङ विवादित व्यवसायीसँग व्यवसायीक साझेदारी देखिएपछि गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्