Logo
Logo

बालेन शाह नेतृत्वको सरकार निरङ्कुशताको बाटोमा अघि बढ्यो : प्रचण्ड


0
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन शाह नेतृत्वको वर्तमान सरकार निरङ्कुशताको बाटोमा अघि बढेको आरोप लगाएका छन् । 

The current image has no alternative text. The file name is: prachand-3.jpg

बिहीबार रुकुम पश्चिमको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ट्रेड युनियनदेखि विद्यार्थी सङ्गठन खारेजी गर्न लागेको भन्दै सरकार निरङ्कुशताको बाटोमा अघि बढेको बताएका उनले बताए । 

सरकारले ल्याउन लागेका अध्यादेशको विषयमा बोल्दै उनले भने,  ‘सदनलाई छलेर अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन रोक्ने विधि लोकतन्त्रको विरुद्धमा छ  । यो संसदीय परम्पराको समेत विरुद्धमा छ, त्यसो नगर्न हामीले सरकारलाई सावधान गराएका छौँ । यस्तो अलोकतान्त्रिक विधि अपनाउनु संविधान विपरीत हो ।’

प्रचण्डले  सुकुम्वासीहरूको वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गरेर वा डोजर चलाएर जुन काम गरिएको छ, त्यो बिलकुल गलत भएको बताए । 

उनले भने, ‘यो तरिका ठिक छैन, यदि  सुकुम्वासीहरू गलत तरिकाले अतिक्रमण गरेर बसेका छन् भने पनि उनीहरूको वास्तविक स्थिति बुझेर छानबिन गर्नुपर्छ । तर, सरकारले हतास शैलीमा बल प्रयोग गर्‍यो ।’

तत्कालीन माओवादी सरकारकै पालामा सुकुम्वासीको वैकल्पिक व्यवस्थापनका लागि अपार्टमेन्ट बनाइएको हो, तर त्यसबेला काम सम्पन्न हुन नसकेको स्मरण पनि गरे । अहिले सेना र सशस्त्र प्रहरीसमेत प्रयोग गरी हजारौँ परिवारलाई बिचल्ली पार्ने काम भएको उनको भनाइ छ ।

‘सरकारले उनीहरूको व्यवस्थापनमा तुरुन्तै ध्यान देओस्,’ उनले भने । साथै, प्रचण्डले सरकारले गर्ने राम्रा काममा हामी सहयोग गर्ने र गलत कामको विरोध गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्