काठमाडौं । रुवाण्डामा जारी आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफी अन्तर्गत आज बिहीबार नेपालले भानुआटुसँग खेल्दै छ ।

यो खेल रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट ओभलमा नेपाली समय अनुसार साँझ ४:४५ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा भइरहेको छ, जहाँ सहभागी सबै ५ टोलीले एक/एक चरणको खेल खेलिसकेका छ ।
जसअन्तर्गत नेपाल यसअघि भानुआटुसँग २२ रनले पराजित भएको थियो । आज त्यो हारको बदला लिने उद्देश्यसहित नेपाल भानुआटुलाई हराउने लक्ष्यमा हुनेछ ।
भानुआटु नेपाललाई फेरि हराउने दाउमा हुनेछ । नेपाल अमेरिकासँग २ पटक पराजित हुँदा भानुआटुसँग १ पटक पराजित भएको छ । त्यस्तै, नेपालले इटाली र घरेलु टोली रुवाण्डामाथि जित हासिल गरेको छ । जारी प्रतियोगितामा शीर्ष रहने टोलीले प्रतियोगिताको उपाधि जित्ने छ ।











