काठमाडौं । उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्किएकी छन् ।

स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किएकी स्वकीय सचिव तारा राईले जानकारी दिइन् ।
मधुमेहको समस्या देखिपछि उपसभामुख ठाकुर बुधवार अस्पताल भर्ना भएकी थिइन् । चिकित्सकले उहाँलाई घरमै आराम गर्न सल्लाह दिएका छन् ।











