Logo
Logo

रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित


882
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय बारेको रिटको सुनुवाइ स्थगित गरिएको छ । 

The current image has no alternative text. The file name is: rabi-lamichane-1.jpg

बिहीबार यो रिट न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलास तोकिएको थियो । सर्वोच्चले रविका कानुन व्यवसायीको तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको जनाएको छ । 

गत चैत १५ गते सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले यो रिटलाई पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो ।

तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी बरालले गत पुस ३० गते रविको हकमा मात्र सहकारी ठगी मुद्दा मात्र कायम राखेर सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको कसुरमा संशोधन निर्णय गर्दै सम्बद्ध जिल्ला सरकारी वकिल कार्यालयमा परिपत्र गरेपछि युवराज पौडेल, दिनेश त्रिपाठी, आभास रेग्मीलगायतले सो निर्णयविरुद्ध रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्