Logo
Logo

शेखर समूहले भन्यो- विशेष महाधिवेशनका कारण पार्टी एकता कमजोर भयो


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहका धेरैजसो नेताहरूले विशेष महाधिवेशनकै कारण पार्टी एकता कमजोर भएको बताएका छन् ।

नेता कोइरालाले पार्टी र देशका राजनीतिक घटनाक्रमबारे राय लिन बालुवाटारको ओपेरा होटलमा बागमती प्रदेश स्तरीय छलफल राखेका थिए ।

उक्त छलफलमा बोल्नेहरूमध्ये अधिकांशले पार्टीभित्र विवादको स्थिति रहेको र एकता कायम हुन नसकेकामा चिन्ता व्यक्त गरेका थिए । पार्टीभित्र सिर्जित पछिल्लो विवादको कारण विशेष महाधिवेशन नै रहेको र पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी सभापतिकै रहेको बताएका थिए ।

त्यस्तै सहभागीहरूले १५औं महाधिवेशनका लागी क्रियाशील सदस्यता नवीकरण भैसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने बताएका थिए । अहिले आएर सदस्यता अद्यावधिक व्यवहारिक नभएको उनीहरूको तर्क थियो ।

छलफलमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पूर्वपदाधिकारी एवं पूर्वकेन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्वसभापती, सांसद र पूर्वसांसद, बागमती प्रदेश सांसद, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्