Logo
Logo

कोरोनाबाट इन्सपेक्टरको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ मंसिर ।
कोभिड–१९ बाट सशस्त्र प्रहरी बलका एक युवा इन्सपेक्टरले ज्यान गुमाएका छन् । विराटनगरमा उपचारको क्रममा इन्सपेक्टर नवीन बुढाथोकीको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।


कोरोना संक्रमण भएका उनमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरेर उपचार गराइरहेका थिए । युवा उमेरका भएकाले उनी सहजै निको हुने अपेक्षा गरिएको थियो । उनको निधनले सशस्त्र प्रहरी अधिकारीहरु समेत स्तब्ध बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्