Logo
Logo

युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै, अर्जुन कुमालको एकदिवसीय डेब्यु


378
Shares

काठमाडौं । युवा क्रिकेटर अर्जुन कुमालले नेपालको राष्ट्रिय टिमबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका छन् । उनलाई यूएईविरुद्ध खेलअघि कप्तान रोहित पौडेलले डेब्यु क्याप दिएका हुन् ।

The current image has no alternative text. The file name is: arjun.jpg

२० बर्षिय कुमाल लामो समयदेखि राष्ट्रिय टिमको डेभ्युको प्रतिक्षामा रहेका थिए । उनले यसअघि यू-१९, एनपीएल र पीएम कप तथा नेपाल ए टिममा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । हालै सम्पन्न पीएम कपमा उनले दुई शतकसहित सबैभन्दा बढी ५०४ रन बनाएका थिए ।

आजको खेलमा युएईविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै छ । नेपालले आजको खेलमा कुल चार परिवर्तन गरेको छ । जसमा अर्जुन कुमाल र विनोद भण्डारीलाई अवसर दिइएको छ भने नन्दन यादव र ललित राजवंशीलाई टिममा राखिएको छ । आज ओपनर कुशल भुर्तेल र असिफ सेख तथा करण केसी र बसिर अहमदलाई बाहिर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्