Logo
Logo

वंशीघाट बस्तीमा चल्यो डोजर 


567
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा पर्ने वंशीघाट क्षेत्रका घरहरूमा डोजर चलेको छ । काठमाडौं महानगरपालिकाले डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको हो ।

The current image has no alternative text. The file name is: dozer-1.jpg

घर टहरा भत्काउन ट्रकमा लोड डरेर करिब आधा दर्जन डोजर बस्तीमा पुर्‍याइएको थियो । आज वंशीघाटसहित वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भु, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्र अतिक्रमण गरिएका स्थानमा डोजर चलाउने तयारी छ ।

त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टोली परिचालन गरिएको छ ।  सरकारले डोजर लगाउने भनेर माइकिङ गर्न थालेपछि अनामनगरको धोबीखोला छेउ लगायतका स्थानका बासिन्दाहरु विहीबारदेखि नै बस्ती छाडेर हिँड्न थालेका थिए ।

सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुम्वासी बस्तीमा डोजर चलाएको थियो । बाँकी ठाउँमा आजबाट डोजर लगाउने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्