Logo
Logo

सबैको अन्तर्मनमा करुणाको दीप बलोस् : ओली


693
Shares

The current image has no alternative text. The file name is: kp-oli-5.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजभन्दा करिब २६५० वर्षअघि आजकै दिन मानव इतिहासले करुणाको उज्यालो देखेको दिन भएको बताएका छन् । 

बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै ओलीले शान्तिका अग्रदूत सिद्धार्थ गौतमले आजकै दिन बोध प्राप्त गरेको र बुद्धलाई मानव सभ्यताले प्राप्त गरेको बताए । ‘आजभन्दा करिब २६५० वर्षअघि यसै पावन दिनमा मानव इतिहासले करुणाको उज्यालो देख्यो, शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्म भयो। यसै दिन सिद्धार्थ गौतमले बोध प्राप्त गर्नु भयो, र भगवान् गौतम बुद्धलाई मानव सभ्यताले प्राप्त गर्‍यो,’सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै ओलीले भने ।

साथै २५७० वर्षअघि यही दिन उनी महापरिनिर्वाणमा विलीन भएको बताउँदै उनले भने, ‘गौतम बुद्धको जन्म, बोधि र महापरिनिर्वाणको यस पावन दिनमा हाम्रो देशभित्र र संसारका सबै देश-देशबीच परस्पर शान्ति, सहिष्णुता र मैत्रीभावको कामना गर्दछु। मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्‍याउने शाश्वत सन्देश प्रवाह गर्ने यस दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्