
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ ।
यस क्रममा आज बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलिरहेको छ । आज बिहान ८ बजेदेखि बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा निरन्तर रूपमा डोजर चलाएर घर तथा टहराहरु भत्काइएको हो ।











