Logo
Logo

बुद्ध जयन्तीकै दिन बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा भत्काइयो


378
Shares

काठमाडौं । काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा पनि डोजर लगाएर भत्काइएको छ । २०७८ साल कात्तिक १३ गते दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा आज वैशाख शुक्ल पूर्णिमा अर्थात बुद्ध जयन्तीकै दिन भत्काइएको हो ।

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने क्रममा काठामाडौं महानगरले गुम्बा पनि भत्काएको हो । गुम्बामा काठमाडौं महानगरपालिकाले डोजर चलाउनुअघि त्यहाँ भएका बुद्धमूर्ति र अन्य महत्वपूर्ण सामानहरु बाहिर निकालिएको थियो ।

बल्खु, टेकु नजिक पर्ने वंशीघाट, बालाजु लगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर–टहरा भत्काउने क्रम आज बिहानैदेखि जारी छ ।

प्रतिक्रिया दिनुहोस्