Logo
Logo

स्वयम्भू, बालाजु र माछापोखरी आसपासका क्षेत्रमा डोजर चल्यो


441
Shares

काठमाडौं । सरकारले अतिक्रमित क्षेत्रका संरचना तथा घरटहरा हटाउने अभियानलाई आज पनि निरन्तरता दिएको छ ।

The current image has no alternative text. The file name is: balkhu-sukumbasi-basti-dojar.jpg

अभियानको दोस्रो चरण अन्तर्गत आज बिहान स्वयम्भू, बालाजु र माछापोखरी आसपासका नदी किनार र अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको छ । यसअघि हिजो बल्खु, वंशीघाट, गोंगबुलगायतमा विभिन्न ठाउँमा डोजर चलाएर खाली गरिएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्ति बिहीबार देशभरका सबै पालिकालाई पत्र लेख्दै पहिला सुकुम्वासी पहिचान, व्यवस्थापन अनि मात्र अतिक्रमण हटाउन निर्देशन दिएको थियो । तर काठमाडौंमा अभियान निरन्तर छ ।

यसअघि अभियानको पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गरेर त्यहाँ बसोबास गर्दै आएका नागरिकलाई स्थानान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्