Logo
Logo

कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र राष्ट्रपतिबीच भेटवार्ता


441
Shares

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शनिवार शीतल निवास पुगेर आङ्देम्बेले सरकारले सिफारिस गरेको संवैधानिक परिषद् सम्बन्धी विवादित अध्यादेश जारी नगर्न राष्ट्रपतिको ध्यानाकर्षण गराएका हुन् ।

भेटका क्रममा आङ्देम्बेले विपक्षी दलहरूको संयुक्त बैठकको निर्णयबारे राष्ट्रपतिलाई जानकारी दिएका हुन् । सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत संवैधानिक नियुक्तिहरू गर्न खोजेको भन्दै विपक्षीहरूले तत्काल रोक्नुपर्ने माग गरेका छन् ।

आङ्देम्बेले संसद् धिवेशनको समयमा अध्यादेश ल्याउनु गलत भएको सन्देश शीतल निवासमा पुर्‍याएका हुन् ।यसअघि कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको संयुक्त बैठक बसेको थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू सहभागी थिए ।

बैठकले सरकारले सिफारिस गरेको अध्यादेश तत्काल फिर्ता लिनुपर्ने र चाँडोभन्दा चाँडो सङ्घीय संसद्को अधिवेशन बोलाउन सरकारसँग माग गर्ने साझा निर्णय गरेको थियो । विपक्षी दलहरूले सरकारले संसद् अधिवेशन बोलाउन ढिलाइ गरेर अध्यादेशबाट शासन चलाउन खोजेको आरोप लगाउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्