Logo
Logo

विष्णुमती किनारमा डोजर रोकियो, लालपुर्जा देखाएपछि अनुसन्धान थालियो


693
Shares

काठमाडौं । नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेको डोजर रोकिएको छ । करिब १०-१२ घरधुरी आफ्नो लालपूर्जा रहेको दाबी गरेपछि डोजर रोकिएको हो ।

The current image has no alternative text. The file name is: balaju-1.jpg

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलका अनुसार, अहिले उक्त जग्गाबारे छानबिन गर्ने सत्य तथ्य पत्ता लगाउन सरकारी टोली परिचालन गरिएको छ । 

डोजर पुगेपछि स्थानीयले लालपुर्जा देखाएपछि अहिले केहीबेरदेखि काम रोकिएको छ । घरधनीहरूले आफूसँग वैधानिक लालपुर्जा रहेको दाबी गर्दै कुनै पनि हालतमा घर भत्काउन नदिने अडान लिएपछि सरकारी टोली खटिएको हो ।

अहिले जग्गाबारे पत्ता लगाउन ८ जनाको सरकारी टोली खटिएको हो । काठमाडौं महानगरपालिकाका अधिकृत, नापि अधिकृत, मालपोत अधिकृत, जिल्ला प्रशासन कार्यालयका अधिकृत र काठमाडौं उपत्यका प्राधिकरण र अधिकारसम्पन्न बागमतीसहितको टोली खटिएको हो ।  सरकारी टोलीले भेरिफाइ गरेपछि के गर्ने भन्ने टुंगो लाग्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्