Logo
Logo

लालपुर्जा भएका घर पनि डोजरले भत्काउन थालियो


1.7k
Shares

काठमाडौं । नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेर रोकिएको डोजरले फेरि काम अघि बढाएको छ ।

The current image has no alternative text. The file name is: balaju-1.jpg

सो ठाउँका करिब १०-१२ घरधुरी आफ्नो लालपूर्जा रहेको दाबी गरेपछि डोजर रोकिएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलका अनुसार, छानबिनका लागि खटिएको सरकारी टोलीले सो क्षेत्रका घरहरू भत्काउनुपर्ने निष्कर्ष निकालेको हो ।

नदी किनारबाटै जग उचालेर घर बनाएको निष्कर्ष टोलीको रहेको छ । ती घरहरू मापदण्ड विपरीत बनेको देखिएको हो ।पछि पर्याप्त छानबिनपछि यदि नदी किनारको जग्गाबाहेकमा घरधनीको जग्गा देखिए त्यो जग्गा भने फिर्ता हुनेछ ।

घरधनीहरूले आफूसँग वैधानिक लालपुर्जा रहेको दाबी गर्दै कुनै पनि हालतमा घर भत्काउन नदिने अडान लिएपछि सरकारी टोली खटिएको थियो । ८ जनाको सरकारी टोलीले जग्गाको वास्तविकता पत्ता लगाएपछि अहिले पुनस् डोजर चलाइएको हो । 

प्रतिक्रिया दिनुहोस्